ad ad

राजनीति


संसदीय समितिले थुनामा रहेका सहकारी सञ्चालकसँग पनि सोधपुछ गर्ने

संसदीय समितिले थुनामा रहेका सहकारी सञ्चालकसँग पनि सोधपुछ गर्ने

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा


नेपालखबर
असार २६, २०८१ बुधबार १९:०, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले जेलमा रहेका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने भएको छ। बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बौल्दै समिति सभापति सूर्यबहादुर थापाले यस्तो जानकारी दिएका हुन्। 

‘हामीले सबै सहकारीका समस्या बारेमा जानकारी लिने चरणको अन्तिमतिर छौँ,’ उनले भने, ‘जेलमा भएका सहकारी सञ्चालकहरूसँग पनि कानुनअनुसार सोधपुछ गर्छौं। विदेशमा भागेर बसेकाहरूलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौँ। सरकार र संसदको काम गर्ने तरिका फरक हुन्छ। त्यो देखाउँछौं।’

थापाले समितिले आश्वासनभन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने जिकिर गरे। सरकारको तर्फबाट भएका अनुसन्धानका ‘लुप होल’ पनि खोजिरहेको उनको भनाइ छ।

‘समितिले नभएका आश्वासन दिँदैन, जे हो, त्यो गर्छौं,’ थापाले भने, ‘सरकारको तर्फबाट लुप होलहरू छन् भने ती पनि खोजिरहेका छौं। सरकारका निकायहरू गृह प्रशासन, प्रहरीलाई बोलाएर पनि भनिरहेका छौं। सहकारी ठगेर विदेश जो पलायन भएका छन्, उनीहरूलाई नेपालमा ल्याउने कानुनी प्रबन्धका बारेमा जानकारी लिएका छौं।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .