ad ad

राजनीति


कांग्रेसबाट बन्त्री बन्ने ९ जनाको सूचीमा जीवन परियार नपरेपछि नेताहरूको दौडधुप

कांग्रेसबाट बन्त्री बन्ने ९ जनाको सूचीमा जीवन परियार नपरेपछि नेताहरूको दौडधुप

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८१ सोमबार ८:२४, काठमाडौँ

कांग्रेसले टुंगो लगाएका ९ जना मन्त्रीमा गण्डकीका जीवन परियार नपरेको भन्दै नेताहरूले दौडधुप सुरु गरेका छन्।

बाहिर सार्वजनिक भएका नाममध्ये कसलाई हटाउने भन्ने विषय पेचिलो बनेको भन्दै नेताहरू छलफलमा छन्। 

‘जीवन परियारलाई मन्त्री बनाउन नेताहरू लाग्नु भएको छ, सायद अब  सेक्रेट्ली काम हुन्छ होला,’ एक नेताले नेपालखबरसँग भने।

महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहले चार जनाको नाम आइतबार सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। देउवा र कोइरालाले आइतबार साँझ बसेर मन्त्रीको नाम टुंगो लगाएका थिए।

तर मन्त्री बन्नेको सूचीमा परियार नपरेको भन्दै नेताहरूले उनलाई समेट्न दौडधुप गरिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ११ बजे शपथ लिएपछि मन्त्रीहरुको शपथ गर्ने तयारी छ। काङ्ग्रेस र  एमालेबीच ९ र ८ मन्त्रालय लिने समझदारी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .