ad ad

राजनीति


एमालेबाट यी ८ जनाले लिँदैछन् मन्त्रीको शपथ

एमालेबाट यी ८ जनाले लिँदैछन् मन्त्रीको शपथ

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८१ सोमबार ८:४३, काठमाडौँ

नेकपा एमालेले मन्त्री बन्ने ८ जनाकाे नाम टुंगो लगाएको छ।

गएराति तीन बजे एमाले अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट मन्त्री बन्ने ८ जनाको नाम टुंगो लगाएका हुन्। 

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीकाे शपथ लिँदै छन्। 

त्यसैगरी मानवीर राईले रक्षा, पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, विद्या भट्टराईले शिक्षा, दामोदर भण्डारीले उद्योग, राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन, बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी र देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको शपथ लिँदै छन्।

यो अन्तिम नामावली भएको एमालेका एक नेताले बताए। नयाँ मन्त्रीहरूको शपथ आजै हुँदै छ। कांग्रेसका तर्फबाट पनि ९ जना मन्त्रीको नाम हिजै तय भइसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ।

संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा ओलीले शुक्रबार राति राष्ट्रपतिसमक्ष नयाँ सरकार गठनको दाबी पेस गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .