प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाका उच्च अधिकारी तथा सरक्षा प्रमुखहरूलाई उच्च नैतिकतामा रहेर काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार विभिन्न मन्त्रालयका सचिव र सुरक्षा प्रमुखहरूलाई बोलाएर सार्वजनिक सेवा प्रवाहमा देखिने सुधार गर्न भनेका थिए।
त्यस्तै सार्वजनिक प्रशासन सुधार, राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासलगायतका विषयमा ध्यान दिन ओलीले विशेष जोड दिएका थिए।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करका अनुसार, उच्च नैतिकता, प्रभावकारी कार्यसम्पादन र राष्ट्रिय हितलाई ध्यानमा राखेर मातहत संयन्त्र परिचालन गर्न पनि ओलीले निर्देशन दिएका थिए।
उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई उपस्थित सबै प्रशासक तथा सुरक्षा निकायका प्रमुखहरूले बधाई ज्ञापन गरी सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए।
Shares
प्रतिक्रिया