ad ad

राजनीति


ओलीलक्षित नेपालको टिप्पणी– अर्कोलाई लात्ताले हानेर नर्क पठाउने, आफू स्वर्ग जाने

ओलीलक्षित नेपालको टिप्पणी– अर्कोलाई लात्ताले हानेर नर्क पठाउने, आफू स्वर्ग जाने

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:१२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचनाको भावना राखेर काम गर्दै अघि बढ्न सुझाव दिएका छन्। 

आइतबार प्रतिनिधिसभामा प्रस्तुत भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो सुझाव दिएका हुन्। 

साथै, उनले सत्ता समीकरण फेरबदल हुनुको कारण खोजी गरे। 

‘किन आपसी समझदारी कायम राख्न सकिएन? आत्मलोचनाको भावनामा रहेर काम गर्नुहोला। हामीलाई अचम्म लागेको छ, एउटा गठबन्धन तोडेर तुरुन्तै अर्को गठबन्धन के का लागि बनेको?,’ अध्यक्ष नेपालले भने।

उनले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने बचन प्रचण्डलाई दिएर ओलीले धोका दिएको बताए। 

‘पाँच वर्ष सँगै जाने। स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने। सुन्दै आनन्द लाग्ने। आफू स्वर्गतिर जाने, अर्कोलाई लात्ती हानेर नर्कतिर पु¥यायो। यसरी वचन दिएको पनि सुन्नमा आएको छ,’ अध्यक्ष नेपालले भने।

उनले प्रश्न गरेका छन्, ‘यो समीकरण अचानक किन फेरियो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .