ad ad

बागमती


मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

नेपालखबर
साउन ६, २०८१ आइतबार १६:१७, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा बुझाएका छन्। आइतबार (आज) प्रदेश सभा बैठकमै राजीनामा दिने घोषणा गरेका उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै प्रदेशमा अब बन्ने सरकारलाई मार्ग प्रशस्त गर्नका लागि विश्वासको मत लिने झमेला नगरेर राजीनामा दिएको बताएका हुन्।

आइतबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका थिए। त्यसको केहीबेरमा प्रदेश मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको उपस्थितीमा प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।

गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .