ad ad

राजनीति


नयाँ सरकार बनेपछि निजी क्षेत्रको आत्मविश्वास बढेको छ : महत

नयाँ सरकार बनेपछि निजी क्षेत्रको आत्मविश्वास बढेको छ : महत

नेपालखबर
साउन ६, २०८१ आइतबार २१:२७, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताएका छन्।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुमाझ उनले सो कुरा बताएका हुन्।

प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठूला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गरे।

उनले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्माविश्वास बढेको संकेत देखिएको थालेको जिकीर गर्दै पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताए।

प्रवक्ता महतले भने, ‘यो दुई वटा दलको जुन अनुभव छ, लोकतन्त्रप्रतिको प्रतिवद्धता छ। र जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन्। ती आन्दोलनको नेतृत्व गरेको छ। त्यस अर्थमा अहिले नेपाली जनताले काग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ। स्थायित्व आउँछ। र अर्थतन्त्र चलायमान हुन्छ। निजी क्षेत्रको आत्माविश्वास बढछ भन्ने संकेतहरु पनि देखिन थालेका छन्। त्यस अर्थमा मलाई लाग्छ यो सरकार सफल हुन्छ।’

प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .