ad ad

राजनीति


संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छ : योगेश भट्टराई

संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छ : योगेश भट्टराई

नेपालखबर
साउन ६, २०८१ आइतबार २१:३२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन्।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सबै राजनीतिक दलहरुसँग सहमति गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताए।

सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमति लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताए।

दुई ठूला दल एमाले र कांग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको उनको भनाई थियो।

उनले भने, ‘विपक्षमा रहेका दलहरुलाई सरकारको पक्षमा ल्याउने हाम्रो कोशिस हुन्छ। संविधान संशोधन गर्दा हामी दुई तिहाई बहुमत मात्रै होइन, सकेसम्म सर्वसम्मत रुपमा संविधान संशोधन गर्ने कोशिस हामी गर्नेछौं। त्यसैका लागि हाम्रो यो गठबन्धन हो।’

सचिव भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताए।

उनले विपक्षी दलहरुले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .