प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको बताए।
डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको उनको भनाइ थियो।
सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै उनले सचेत गराए।
‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ। त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरू पनि छ। सरकार त्यो बाटो हिँड्नुपर्यो। कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने। सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने, ‘सभामुखमार्फत सचेत गराउन चाहन्छु। नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित नबनाउन आग्रह गर्न चाहन्छु। ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ।’
उनले नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए।
Shares
प्रतिक्रिया