ad ad

राजनीति


संसद्‌मा डेंगी न्यूनीकरण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

संसद्‌मा डेंगी न्यूनीकरण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस

नेपालखबर
साउन ८, २०८१ मंगलबार १८:५८, काठमाडौँ

प्रतिनिधि सभामा डेंगी रोगको प्रकोप न्यूनीकरण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ ।

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव पेस गरेकी हुन्। 

सो रोगको प्रकोप तीव्र रूपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रास उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सृजना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले सरकारलाई सचेत गराउन सो प्रस्ताव पेस गर्नुपरेको उनले बताइन्। 

सांसद गौतमले भनिन्, ‘डेंगीको प्रकोप तिब्र रुपमा देशभरी फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहोल उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सृजना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले सो प्रस्ताव पेस गर्नुपरेको हो।’ 

सो प्रस्तावमा सांसदहरू कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लीलादेवी बोखिम लिम्बू समर्थक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .