ad ad

राजनीति


दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ : ऊर्जामन्त्री खड्का

दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँ : ऊर्जामन्त्री खड्का

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १४:६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताएका छन्।

मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका लागि सहयोग गर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे। 

‘अब हामी ९८ प्रतिशत विद्युतीकरण गरिसकेका छौं भनेका छौं। अब एक, डेढ वर्ष भित्र, दुई वर्षका लक्ष्य राखेपनि त्यो भन्दा अगाडि नै लक्ष्य प्राप्ति गरी सबैको घरमा विद्युतीकरण गरिसक्छौं भनिसकेपछि अब हामीले त्यही समूहले ज्ञान, सीप हासिल भइसकेको समूहले मुलुकमा कस्तो सहयोग पु¥याउन सकिन्छ भनेर खोजी पनि गर्नुपर्दछ,’ उनले भने।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले आफ्नो २० औँ स्थापना दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकको विद्युत विकासको क्षेत्रमा सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए। 

मन्त्री खड्काले निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। 

‘एउटै कुरामा डिपेण्ड भएर बस्नुहुँदैन। समयसँगै हामी परिस्कृत हुनुपर्दछ। यहाँहरूको मुलुकले त्यो अपेक्षा गरेको छ। र गर्नु पनि पर्छ। त्यसो भएको हुनाले यहाँहरुले हिजो पु¥याएको योगदानको उच्च कदर गर्दै अब भोलि आउने कुराको नयाँ खोजी, नयाँ खोजका साथ पनि हामीहरुले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘उमेरको हिसाबले पनि २०, २५ वर्ष योगदान पु¥याइसकेपछि २५ वर्षको मान्छे ५० को हुनुभयो होला। त्यतिखेर ५० भएको ७५ वर्ष हुनुभयो होला। समय सापेक्ष विषयको खोजी गरौं। त्यसमा सरकार तपाईंहरूसँगै छ। म धेरै कुरा गर्न चाहन्न। म धेरै त भन्दिन।’

विद्युत विकासलाई आफूले नजिकबाट नियालिरहेकाले काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि साथ दिन पनि निजी क्षेत्रलगायत संवद्ध सबै पक्ष आह्वान गरे।

‘त्यो अनुभवहरूलाई एकठाउँमा राखेर मुलुकलाई कस्तो योगदान दिन सकिन्छ? भन्ने कुरामा चिन्तित भएर काम गर्ने मेरो लक्ष्य छ। इच्छा छ। त्यसमा यहाँहरुको पनि साथसहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु। मुलुक हाम्रै हो। यो मुलुकले हामीलाई संरक्षण गर्नुपर्दछ,’ उनले भने, ‘मुलुकलाई पर्दा हामीहरुले हिजो गरेजस्तै योगदान र सहयोग पनि गर्नुपर्दछ। यस उद्देश्यका साथ मिलेर काम गरौं। म आग्रह गर्न चाहन्छु। यहाँहरूको समस्याप्रति मन्त्रालयले मसिनो गरेर सुनेर कार्यान्वयनमा लैजाने गरी काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .