ad ad

राजनीति


गृहसचिवमा गोकर्णमणि, गृहमन्त्रीले भने- थप छलफल गर्छु

गृहसचिवमा गोकर्णमणि, गृहमन्त्रीले भने- थप छलफल गर्छु

नेपालखबर
भदौ २०, २०८१ बिहिबार २१:१४, काठमाडौँ

सरकारले गृहसचिवमा गोकर्णमणि दुवाडीलाई ल्याउने भएको छ।

बिहीबार (भदौ २०) मा बसेको मन्त्रिपरिषद् बैठकमा दुवाडीलाई गृहसचिव बनाउने प्रस्ताव पेस भएको एक मन्त्रीले जानकारी दिए।

‘गोकर्णमणि दुवाडी फाइनल हो। तर आज क्याबिनेटमा के भयो भने गृहमन्त्रीजीले क्याबिनेटको म्यान्डेट लिनुभयो। म प्रधानमन्त्रीसँग कुरा गर्छु र गृहसचिव ल्याउँछु’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘आउने उहाँ नै हो। तर आजको क्याबिनेटबाट निर्णय भएन। तर मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक हुँदा गृहसचिवको पनि आजकै क्याबिनेटको निर्णयमा आउँछ।’

दुवाडी हाल राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी छन्। तथ्यांक कार्यालयका प्रमुख हुनुअघि उनी भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव थिए।

यसअघि गृहसचिव भएका एकनारायण अर्याललाई मुख्यसचिव बनाएपछि रिक्त थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .