ad ad

राजनीति


अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति

नेपालखबर
असोज ३, २०८१ बिहिबार १८:२३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन्।

बिहीवार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन्। उनले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए। उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने पनि बताए।

राष्ट्रपति पौडेलले भने, ‘हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ। किनभने यो निराश बन्ने समय होइन। यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन। यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन। यो एकतावद्ध हुने समय हो। यो आफैँप्रति विश्वस्त हुने समय हो।’

बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो। उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताए।
भ्रष्टाचारमा शून्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे।

उनले भने, ‘बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ। यसबाट नागरिकको भरोसा नडग्मगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरु प्राप्त गर्नसक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ। आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ।’

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताए। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको उनले स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .