ad ad

राजनीति


व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँ : कार्यवाहक प्रधानमन्त्री सिंह

नेपालखबर
असोज ६, २०८१ आइतबार १४:५८, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान गर्नुपर्ने र नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए। 

सहर व्यवस्थापनमा भएका समस्याहरू पहिचान गरी व्यवस्थित गर्ने काम भइरहेको बताउँदै उनले सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गरिने बताए। 

सरकार र निजी क्षेत्रहरु सबै मिलेर अहिलेको व्यवस्थित, स्वच्छ सहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्न आवश्यक रहेको बताए।

‘समस्याहध पहिचान गर्नुपर्छ। पोलिसी बनाएर ऐनमा लैजानको लागि अहिले कम भइरहेको छ। सहरलाई अलि व्यवस्थित गर्दै लगौँ। सहरलाई व्यवस्थित गर्दै लग्दा अपार्टमेण्ट, हाउजिङको कन्सेप्टदेखि लिएर सबै आइरहेको छ, त्यसमा देखापरेका कमी, कमजोरी आइडेन्टीफाइ गरौँ। त्यसपछि विधि प्रक्रियामार्फत ऐन बनाउन, प्रोसेसमा फास्ट लैजान हामी प्रयासरत हुनेछौँ,’ उनले भने, ‘सहरको विकास गर्ने क्रममा सरकार मात्रै नभइ निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्छ भन्नेमा हामी विश्वस्त छौँ, निजी क्षेत्रहरू सबै मिलेर अहिलेको व्यवस्थित सहर, स्वच्छ सहर बनाउने गरी अर्थतन्त्र चलायमान बन्नेगरी अघि बढ्नुपर्छ।’

कार्यवाहक प्रधानमन्त्रीसँगको भेटपछि नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने माग गरेको बताए।

उनले २०६२ सालदेखि पटकपटक शहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास भएपनि ऐन आउन नसकेको बताउँदै जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्ने प्रतिबद्धता भइसकेकाले ल्याण्ड पुलिङ, हाउजिङ पुलिङ जस्ता विषय निजी क्षेत्रको सहभागितामा गराउनुपर्ने माग गरेको जिकिर गरे।

‘सहरी ऐन चाँडो भन्दा चाँडो आउनुपर्छ, भन्नेकुरा राखेका छौँ। २०६२ सालदेखि पटकपटक सहरी ऐन ल्याउने क्रममा विगत १८ वर्षमा धेरै प्रयास नेपाल सरकारले गरेको देखिन्छ तर यति लामो समय बितिसक्दा पनि ऐन आउन सकेको छैन,’ उनले भने, ‘यो ऐनमा नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरिसकेकाले, नीति तथा कार्यक्रमहरूमा पटक पटक पास गरिसकेको, जग्गा तथा आवास विकास निजी क्षेत्रको सहकार्यमा गर्नुपर्छ भनेर पास गरिसकेको विषय छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .