ad ad

राजनीति


अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगन

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८१ बुधबार १३:२२, काठमाडौँ

काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। 

अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेरहदका विषयमा अल्झिएर लम्बिइरहेको हो।

संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद भइरहेको हो। 

विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए। बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहित छलफल गरेका थिए। 

तर, उक्त छलफलबाट पनि समाधान ननिस्केको अध्यक्षका प्रत्यासी जीपी मैनालीले जानकारी दिए। उनले आफूहरू उमेरहद स्वीकार गर्न तयार भएको तर नेतृत्व भने चुनावबाटै छान्नुपने बताए।

‘उमेरहदमा चुनाव हुने कि नहुने अझै अन्योल छ,’ उनले भने,  ‘हामी उमेदरहद मानेर २० वर्षकालाई पनि नेता मान्न तयार छौँ। तर, त्यो खुला निर्वाचनबाट टुंग्याउनुपर्छ।’

खासगरी अध्यक्षलगायतका प्रत्यासी रहेका विद्यार्थी नेता उमेरहदका पक्षमा छैनन्। उमेरहद लगाउँदा उनीहरू सबै बाहिरिने र नयाँले अवसर पाउने स्थिति छ। यस्तोमा तल्लो तहका प्रतिनिधि उमेरहद लागू गर्नुपर्ने पक्षमा छन्। 

विवाद देखिएपछि सुझाव माग्न खुमलटार पुगेका विद्यार्थी नेताहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने नयाँलाई अवसर दिनेगरी उमेरहदको व्यवस्था गरेर जान भनेका थिए।

प्रचण्डको सुझावपछि नै उमेरहद विवाद चुनावबाट टुंग्याउने कोसिस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .