राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। त्यस्तै, केही विभागका प्रमुखहरूको मनोनयन पनि गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, संगठन विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेत.ता बुद्धिमान तामाङलाई दिइएको छ। त्यस्तै, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई तोकिएको श्रेष्ठले बताए।
अर्का वरिष्ठ नेतता रवीन्द्र मिश्रलाई भने राजनीतिक विभागको जिम्मेवारी दिइएको छ।
पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विप्द व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सुचना प्रविधि विभाग (आईटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने मनोनीत भएका छन्।
Shares
प्रतिक्रिया