राजनीति


एक्लिए पवन चाम्लिङ, एसडीएफका १० विधायक भाजपामा प्रवेश

एक्लिए पवन चाम्लिङ, एसडीएफका १० विधायक भाजपामा प्रवेश

शैलेन्द्र समदर्शी
साउन २८, २०७६ मंगलबार ७:४०,

पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार उनीहरु भाजपाको मुख्यालयमै पुगेर पार्टी प्रवेश गरेको बताइएको छ। भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले उनीहरुलाई स्वागत गरेका थिए।

एसडीएफ छाडेर भाजपा प्रवेश गर्ने विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चा छन्।

यी १० विधायक भाजपा प्रवेशसँगै अब सिक्किम विधानसभामा एसडीएफका तर्फबाट विधानसभामा पवन चामलिङ एक्लै भएका छन्।

विधानसभामा १३ सिट जितेको एसडीएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले यसभन्दा अघि नै विद्रोह गरिसकेका छन्।

यी दुवै विधायक अहिले पीएस गोले नेतृत्व सिक्किमको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चाको नजिकका भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .