राजनीति


स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक (सूची)

स्वास्थ्यमन्त्री तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक (सूची)

नेपालखबर
जेठ २७, २०७८ बिहिबार २:३,

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ।

यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन्। यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन्।
यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ।

यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन्।

यस्तै उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन्। कृषि विकास बैंकमा १६ लाख र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन्।

हेर्नुहोस्, स्वास्थ्यमन्त्री तामाङको सम्पत्तिको विस्तृत विवरण :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .