राजनीति


विकासका बाधकलाई सरकारले निस्तेज पार्छः मन्त्री अर्याल

विकासका बाधकलाई सरकारले निस्तेज पार्छः मन्त्री अर्याल

नेपालखबर
भदौ १५, २०७६ आइतबार ६:१७,

स्याङ्जा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने दावी गरेकी छन्।

उनले गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाइने चेतावनी दिइन्।

उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अर्यालले काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री बताइन्।

‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेकी छु’, उनले भनिन्।

काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताइन्।

अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन्। पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्याङ्कन जनताले गर्ने बताइन्। मन्त्री अर्यालले सरकार जनताको सकरात्मक सुझाब र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरिन्।

सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको उनको भनाइ थियो। ‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमिस्टेहरुको परिचालन गर्ने हो’, उनले भनिन्, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस्, मूल्यांकन गर्नुस् परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .