टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा दुई जना नेपाली भारतमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमका झापाका ५८ वर्षीय मोहनलाल क्षेत्री र ४८ वर्षीय ठाकुरप्रसाद गौतम रहेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ।
पश्चिम बंगालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्यांकी–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाको आधारमा एसएसबीले पक्राउ गरेको हो।
सशस्त्र सीमा बलको ४१ औं बटालियनका जवानहरूले भारत–नेपाल सीमा पानीट्यांकीबाट तस्करी गरिरहेको टोकेसहित पक्राउ गरेका हुन्।
ई–रिक्सामा सवार उनीहरुलाई रोकेर खानतलासी लिँदा एक ब्याकभित्र प्लास्टिकको बट्टामा राखिएको अवस्थामा टोके बरामद गरिएको बताइएको छ। उनीहरुका साथबाट दुईवटा मोबाइल फोन, भारतीय र नेपाली मुद्रालगायत अन्य दस्तावेज बरामद गरिएको छ।
बरामद गरिएको टोके वन विभाग तथा पक्राउ परेका क्षेत्री र गौतमलाई खोरीबारी प्रहरी चौकीमा सुम्पिएको एसएसबीलाई जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया