गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार प्रदीप ज्ञवाली नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीभन्दा २६० मतले मात्र अगाडि छन्।
ज्ञवालीले २३ हजार ५८२ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी भण्डारीले २३ हजार ३२२ मत पाएका छन्। यहाँ ज्ञवाली र भण्डारी पालैपालो झिनो मतले अगाडि–पछाडि हुँदै आएका छन्।
गुल्मी–१ मा जस्तै रुपन्देही–३ मा कांग्रेस उम्मेदवार बालकृष्ण खाण र राप्रपा उम्मेदवार दीपक बोहरा तथा पाँचथरमा कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे र एमाले उम्मेदवार वसन्तकुमार नेम्वाङ बीच पनि कडा प्रतिष्पर्धा छ।
321
Shares
प्रतिक्रिया