कपिलवस्तु–३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन्।
निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन्।
गुप्ताले शाहलाई ३ हजार ६३७ मतको अन्तरमा पराजित गरेका छन्। तर, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन।
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा शाहले १८ हजार ९८२ मत पाएका छन्।
129
Shares
प्रतिक्रिया