हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा क्षेत्रतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पछि पार्दै शाही संघीय सांसद बन्न सफल भएका हुन्। शाहीका पक्षमा १४ हजार ७०२ मत आउँदा कार्कीले १० हजार ७०८ मत पाए।
योसँगै कर्णालीमा प्रतिनिधि सभा सदस्यको नतिजा आउने क्रम सकिएको छ। जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेका छन्।
यस्तै २०७४ को निर्वाचनमा कर्णालीमा पहिलो दल बनेको नेकपा एमाले भने यसपटक प्रतिनिधि सभामा बढारिएको छ।
267
Shares
प्रतिक्रिया