ad ad

राजनीति


नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढ्यो

नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने सम्भावना बढ्यो

नेपालखबर
मंसिर ११, २०७९ आइतबार ७:५७, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पनि राष्ट्रिय दल बन्ने सम्भावना बढेको छ। 

आज (आइतबार) बिहान ७:४५ बजेसम्मको तथ्यांकअनुसार एकीकृत समाजवादीले २ लाख १४ हजार ७ सय ७५ समानुपातिक मत प्राप्त गरिसकेको छ।  

प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली) तर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ माथि मत ल्याउने राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाउने प्रावधान छ। 

कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात्  १ करोड ९ लाख ७० हजार मत खसेको निर्वाचन आयोगले जनाएको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ। यस हिसाबले सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन जान्छ। यसको ३ प्रतिशत थ्रेस होल्ड ३ लाख २० हजार हुन्छ। अहिलेलाई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले ३ लाख २० हजार मत कटाएमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। 

यस आधारमा २ लाख १४ हजार ७ सय ७५ मत प्राप्त गरिसकेको एकीकृत समाजवादीले अब कम्तीमा १ लाख १० हजार मत ल्याए राष्ट्रिय दल बन्ने सम्भावना छ।

यो खबर लेख्दासम्म सदर मत ८२ लाख ४७ हजार १ सय ८१ गणना भइसकेको छ। अनुमानित कूल सदर मतको संख्या ९७ लाख १३ हजार ८२७ मान्दा कम्तीमा १४ लाख ६६ हजार ६४६ मत गन्न बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .