प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनाामा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र मतसंख्या १० लाख पुर्याउने बाटोमा अघि बढेको छ। यो खबर तयार पार्दासम्म (दिउँसो २:३९) उसको समानुपातिक मत ९ लाख ८७ हजार ८ सय ९ पुगेको छ।
यस्तै समानुपातिकतर्फ पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख मत पुर्याउने बाटोमा अघि बढेको छ। अहिलेसम्म उसले ४ लाख ९७ हजार २ हजार ६ समानुपातिक मत ल्याएको छ।
समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ। उसले अहिलेसम्म २३ लाख ७१ हजार ९६ मत ल्याएको छ। यस्तै दोस्रोमा कांग्रेसले २२ लाख ७० हजार ७ सय ९४ मत पाएको छ। माओवादीपछि चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ। उसले अहिलेसम्म ९ लाख ४१ हजार ६ सय ७८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।
282
Shares
प्रतिक्रिया