राजनीति


एमाले लुम्बिनीको नयाँ नेतृत्वमा भएन सहमति, कँडेल र रिजालबीच प्रतिस्पर्धा हुने

एमाले लुम्बिनीको नयाँ नेतृत्वमा भएन सहमति, कँडेल र रिजालबीच प्रतिस्पर्धा हुने

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०८० आइतबार १६:१४, रुपन्देही

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गर्न असफल भएको छ।

अध्यक्ष केपी शर्मा ओलीलेसमेत सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिए पनि प्रदेश अध्यक्षका लागि चुनाव नै हुने अवस्था आएको हो। 

खासगरी एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पक्षबीच अघोषित प्रतिस्पर्धा र द्वन्द्व देखिएको लुम्बिनीमा नेतृत्वका लागि चुनाव हुने भएको हो।

शनिबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनाव गर्न लागिएको हो।

एकजना पोलिटब्युरो सदस्यका अनुसार अब अध्यक्षका आकांक्षी हरि रिजाल र राधाकृष्ण कँडेलबीच सहमति नजुटेको हो।

एमाले केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलको साथ लिएर प्रदेश अध्यक्षको उम्मेदवार बनेका छन्।

वर्तमान अध्यक्ष कँडेल उपाध्यक्ष बिष्णु पौडेलको साथ लिएर फेरि दोहोरिन चाहन्छन्। 

तर उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अधिवेशन उद्घाटन समारोहमा कुनै उम्मेदवारलाई नबोकेको बताएका थिए।

यसबीच महासचिव पोखरेलले आफ्नो प्रतिनिधि बनाएर पोलिटब्युरो सदस्य चेतनारायण आचार्यलाई अधिवेशनमा खटाएका छन्।

उपाध्यक्ष पौडेलले अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराइलाई खटाएका छन्।

आचार्य र भट्टराई महासचिव र उपाध्यक्षको प्रतिनिधिका रुपमा अधिवेशनस्थलमा खटिएका छन्। 

उता प्रदेश कमिटी सदस्य तय गर्ने जिम्मा सम्बन्धित जिल्ला कमिटीलाई दिइएको छ। तर पदाधिकारीमा भने चुनाव हुने देखिएको छ। 

चुनाव हुने अवस्थामा भएमा आइतबार साँझसम्म मनोनयन दर्ता गरेर सोमबार बिहानदेखि मतदान गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .