राजनीति


एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज मतदान हुँदै

एमालेको लुम्बिनी प्रदेश अध्यक्षका लागि आज मतदान हुँदै

नेपालखबर
भदौ १९, २०८० मंगलबार ७:५३, काठमाडौँ

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदैछ।  

प्रदेश अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हाे।

मंगलबार बिहान ८ बजेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान शुरू हुँदैछ। एमाले लुम्बिनीको अध्यक्षमा नेताहरु राधाकृष्ण कँडेल र हरि रिजाल प्रतिस्पर्धामा छन्।

अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतबाटै प्रदेश नेतृत्व चयन गर्न दिएको निर्देशन दिएका थिए। 

तर, नेतृत्वमा दुबै खेमाले आ-आफ्नो दाबी नछाडेपछि दुईवटा प्यानल बनाएर नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। 

एमाले लुम्बिनीको अध्यक्षमा प्रतिस्पर्धा गर्ने कँडेल पाल्पाका हुन्। उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्।

त्यसैगरी महासचिव शंकर पोखरेल निकट मानिने रिजाल प्युठानका हुन्। कँडेल प्रदेश कमिटीको निवर्तमान अध्यक्षसमेत हुन्। रिजाल पार्टीको केन्द्रीय सदस्य हुन्।

एमाले लुम्बिनीको सचिवमा लक्ष्मण आचार्य  निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवबाहेक अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरुमा चुनाव हुन लागेको हो। चुनावले ५ पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति निर्वाचित गर्ने छ।

यसअघि अध्यक्ष पदका उम्मेदवार रिजालको सदस्यता लुम्बिनी प्रदेशमा नभएको भन्दै कँडेल पक्षले उजुरी दिएका थिए। 

प्युठानको नौबहिनी गाउँपालिका ६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको दाबी गर्दै पाल्पाका राजु श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए। 

तर,रिजालको १७२५ नम्बरको संगठित सदस्यता प्युठानको नौबहिनी गाउँपालिका ६ मा कायम रहेको पाइएपछि उजुरी खारेज भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .