ad ad

राजनीति


कोसीका मुख्यमन्त्रीविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

कोसीका मुख्यमन्त्रीविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा

नेपालखबर
असार ९, २०८१ आइतबार १७:२८, काठमाडौँ

कोसी प्रदेश सरकारबारे निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ। 

गत जेठ ३१ गतेको सनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आज (असार ९) गतेका लागि पेसी तोकिएको थियो। 

आज पनि कानुन व्यवसायीको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

यो रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको पूर्ण इलजासमा सुनुवाइ भइरहेको छ। 

यसअघि गत जेठ ३१ गते पनि यीनै तीनजा न्यायाधीशको इजलासमा बिहीबार दिनभर सुनुवाइ भएको थियो।

संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकार अन्तिम विकल्प भएकाले अर्को सरकार गठन हुन नसक्ने भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले जेठ २३ गते जटिल संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको औँल्याउँदै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो।

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

उनले माओवादीलगायत सत्ता गठबन्धनका ५२ जना सांसदको समर्थन प्राप्त गरेका थिए। उनले प्रदेश सभाबाट विश्वासको मत पनि लिइसकेका छन्।

उनलाई पनि धारा १६८ को उपधारा ५ अनुसार नै नियुक्त गरिएको हो।

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो। तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परे। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए। साथै प्रदेश सभाबाट नयाँ सरकार गठनका लागि संकल्प प्रस्ताव पनि पारित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .