ad ad

राजनीति


सहिद दशरथ चन्दको जन्मघर पुगे ओली, शालिकमा गरे माल्यार्पण

सहिद दशरथ चन्दको जन्मघर पुगे ओली, शालिकमा गरे माल्यार्पण

गोकुल जोशी
मंसिर १४, २०८० बिहिबार १२:०, कञ्चनपुर

बैतडीबाट मेची महाकाली पदयात्राको उद्घाटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता आज बैतडीस्थित सहिद दशरथ चन्दको जन्मघर पुगेका छन्। 

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिइएको मध्यपहाडी लोकमार्गको पदयात्रा शुभारम्भ गर्न बैतडी पुगेका ओलीले बस्कोटस्थित सहिद चन्दको जन्मघरमा पुगेका हुन्। त्यसक्रममा उनले सहिद चन्दको शालिकमा माल्यार्पण गरेका छन्। 

सो घरमा राखिएको आगन्तुक पुस्तिकामा एमाले नेताहरुले हस्ताक्षर गरेका छन्। सहिद दशरथ चन्दको घरलाई पाहुना घरको रुपमा विकास गरिएको छ।

बैतडीको झुलाघाटदेखि सुरु भएको दयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिनेछ।

 बैतडीको गोठालापानीमा बिहीबार आमसभाको आयोजना गरिएको छ। त्यहाँ ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। 

पदयात्राको टोली बिहीबार डडेल्धुराको अमरगढीमा बास बस्नेछ। त्यसपछि मंसिर १५मा डोटीको सिलगढी र मंसिर १६मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .