प्रविधि


मस्कको घोषणा– ट्विटरमा चाँडै अडिओ/भिडिओ कल सुविधा

मस्कको घोषणा– ट्विटरमा चाँडै अडिओ/भिडिओ कल सुविधा

नेपालखबर
भदौ १४, २०८० बिहिबार १४:२३, काठमाडौँ

अमेरिकी अर्बपति व्यापारी एलन मस्कले चाँडै नै आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडिओ र अडिओ कलको सुविधा उपलब्ध हुने घोषणा गरेका छन्।

उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए।

उनले लेखेका छन्, ‘एक्समा अडिओ र भिडिओ कलिङ सुविधा चाँडै आउँदै छ। यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन। एक्समै यी कलहरूका लागि विश्वव्यापी ठेगाना पुस्तिका हुनेछ। यो यस सुविधाको सबैभन्दा विशेष कुरा हुनेछ।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ।

ट्विटरमा भिडिओ तथा अडिओ कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .