ad ad

प्रविधि


भारतको सफलतापछि जापानले चन्द्रमामा पठायो ल्यान्डर

भारतको सफलतापछि जापानले चन्द्रमामा पठायो ल्यान्डर

नेपालखबर
भदौ २१, २०८० बिहिबार १२:५०, काठमाडौँ

भारतको चन्द्रयान–३ को सफलतापछि जापानले पनि चन्द्रमाको सतहमा अवतरण गर्ने अभियान सुरु गरेको छ।

खराब मौसमका कारण धेरैपटक स्थगित मुन ल्यान्डर मिसन (स्लिम) जापानले बिहीबार बिहान सफलतापूर्वक प्रक्षेपण गरेको छ। 

स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन)  नामको यो मिसन करिब पाँच महिनाभित्र (फेब्रुअरीसम्म) चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ।

यस मिसनको प्रक्षेपणपछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात् क्ष्क्च्इ ले जापानलाई बधाई दिएको छ।

इसरोले ट्विट गरेको छ, ‘चन्द्रमाका लागि स्लिम ल्यान्डर सफल प्रक्षेपण गरेकामा जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई बधाई छ। अर्को सफल चन्द्र अभियानको लागि विश्व अन्तरिक्ष समुदायबाट शुभकामना।’

यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौं देश हुनेछ।

हालसम्म विश्वका चार देश अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गराएका छन्।
जापानको यो परियोजना १० करोड डलरको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .