ad ad

प्रविधि


एप्पलले सार्वजनिक गर्‍यो आइफोन १५ सिरिज, नयाँ फोनमा यूएसबी-सी कनेक्टर

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १५ सिरिज, नयाँ फोनमा यूएसबी-सी कनेक्टर

तस्बिर : एप्पल डटकम


नेपालखबर
भदौ २७, २०८० बुधबार १२:४३, काठमाडौँ

एप्पल आईएनसीले बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गरेको छ।

मंगलबार (१२ सेप्टेम्बर) मा एप्पल इभेन्टमार्फत् कम्पनीले उक्त सिरिज सार्वजनिक गरेको हो।

एप्पलले आइफोन सिरिजअन्तर्गत चार मोडल सार्वजनिक गरेको छ। जसमा आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स रहेका छन्।

इभेन्टमा कम्पीनले आइफोनसँगै एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ।

साथै, सन् २०३० सम्मा आफ्ना सबै उत्पादनलाई कार्बन न्युट्रल बनाउने पनि कम्पनीले घोषणा गरेको छ।

सिरिज सार्वजनिकसँगै कम्पनीले यसको मूल्य पनि सार्वजनिक गरेको छ। जसमा एप्पल १५ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुनेछ। यसलाई कम्पनीले मासिक किस्तामा पनि उपलब्ध गराएको छ। यसरी किन्दा २४ महिनासम्म मासिक ३३.२९ डलर तिर्नुपर्नेछ।

त्यस्तै, आइफोन १५ प्लसको मूल्य ८९९ डलरबाट सुरु, १५ प्रो ९९९ डलरबाट सुरु र १५ प्रो म्याक्स १,१९९ अमेरिकी डलरबाट सुरु हुनेछ।

कम्पनीले फोन सिरिजको प्रि–अर्डर २२ सेप्टेम्बरदेखि सुरु गर्ने बताएको छ।

सार्वजनिक भएका नयाँ आइफोन सिरिजअन्तर्गत आइफोन १५ र १५ प्लसमा १२८, २५६ र ५१२ जीबी स्टोरेज क्षमता हुनेछ।

त्यस्तै १५ प्रो र १५ प्रो म्याक्समा १ टीबीसम्मको स्टोरेज क्षमता उपलब्ध हुनेछ।

सार्वजनिक भएको आइफोन १५ मा ६.१ इन्चको डिस्प्ले स्क्रीन रहेको छ भने स्मार्टफोन ग्लास राखिएको छ। आइफोन १५ गुलाबी, पहेँलो, हरियो, निलो र कालोगरी पाँच वटा रङमा उपलब्ध हुनेछन्। यो फोन स्प्लास, पानी र धुलो प्रतिरोधी रहेको कम्पनीको दाबी छ।

आइफोन १५ मा ४८ मेगापिक्सल क्यामेरा रहेको छ। कम्पनीले आफ्नो वेबसाइटमा जनाए अनुसार आइफोन १५ बाट कुनै मोमेन्टलाई तुरुन्तै क्याप्चर गर्न सकिनेछ, जसको लागि पोर्टेट मोडमा स्वीच गरिरहन जरुरत पर्दैन। क्यामेराले पोर्टेट मोडमा तुरुन्तै फोटो क्याप्चर गर्छ।

कम्पनीले दाबी गरेअनुसार आइफोन १५ मा २६ घण्टासम्म भिडिओ प्लेब्याक गर्न सकिने गरी ब्याट्री लाइफ उपलब्ध छ भने १५ प्रोमा २९ घण्टा भिडिओ प्लेब्याक क्षमता रहेको छ।

आइफोन १५ मा ए१६ बायोनिक चिप रहेको छ। त्यस्तै, १५ प्रोमा ए१७ प्रो चिप रहेको छ। यसलाई एप्पलले गेम–चेन्जिङ चिप भनेको छ। आइफोन १५ प्रो म्याक्स पनि ए१७ चिपमा आधारित रहेको कम्पनीले जनाएको छ।

ए१६ बायोनिक चिपमा ५ कोर जीपीयू र ए१७ प्रो चिपमा ६ कोर जीपीयू रहेको छ।

त्यस्तै नयाँ आइफोनमा यूएसबी–सी कनेक्टर उपलब्ध हुनेछ। यसबाट आइफोनले म्याक वा आइप्याडसँग कनेक्ट गराउनेछ। यो सँगै चार्ज गर्न डाटा ट्रान्सफर गर्न सहज हुनेछ।

फोनको डाटा सुरक्षामा पनि उत्तिकै संवेदनशीलता अपनाइएको कम्पनीले जनाएको छ। त्यस्तै, वातावरणीय प्रभावलाई मध्यनजर गरेर थप रिसाइकल सामग्री पनि प्रयोग गरिएको छ।

त्यस्तै, आइफोन १५ प्रो म्याक्समा १२० मिमी लेन्ससहित ५ एक्स अप्टिकल जुम जडान गरिएको छ। जसबाट टाढाको क्लोजअप तस्बिर लिन सकिनेछ।

यस्तै नयाँ आइफोनमा वाइफाइ ६ई७ प्रविधि पनि राखिएको छ। जसले सामान्यभन्दा दुई गुणा छिटो वायरलेस गति प्रदान गर्दछ।

त्यस्तै यसमा अर्को एउटा रोमाञ्चक फिचर छ। जसले कुनै भीडभाड स्थानमा साथी खोज्न तपाईंलाई धेरै नै मद्दत गर्दछ।

यसका लागि दुवैसँग आइफोन १५ वा आइफोन १५ प्रो हुनु भने आवश्यक छ।

‘फाइन्ड माइ’ प्रयोग गरे आफ्नो ‘लोकेसेन शेयर’ गरी साथीलाई आफू भएको ठाउँका बारेमा जानकारी दिन सकिन्छ। यो नितान्त निजी हुन्छ।

आइफोन १५ प्रोमा शतप्रतिशत पुर्ननवीकरणीय आल्मुनियमको प्रयोग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .