समाज


वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

वीरगञ्ज महानगरले ४५० जना ज्यालादारी कर्मचारीलाई जागीरबाट हटायो

नेपालखबर
भदौ २७, २०८० बुधबार १२:३५, पर्सा

वीरगञ्ज महानगरपालिकाले ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ।

विभिन्न मिति र विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई २६ भदौदेखि लागू हुनेगरी कामबाट बर्खास्त गरिएको वीरगन्ज महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए। 

महानगरपालिकामा गैरकानूनी रुपमा कर्मचारी भर्ना गरिएको र वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो।

वीरगञ्ज महानगरपालिकासँग आयोग र केन्द्रले पटक पटक कर्मचारी भर्ना सन्दर्भमा जवाफ मागे पनि कर्मचारी भर्ना गर्नुपर्ने कारण महानगरले खुलाउन सकेको थिएन। 

जथाभावी कर्मचारी भर्ना गरेको अभियोगमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई कार्वाही गर्न तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेपछि कर्मचारी बर्खात गरिएको स्रोतले जनाएको छ। 

वीरगन्ज महानगरले नगर प्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखासमेतमा काम गर्नेगरी विभिन्न पदमा चार सय ५० जना कर्मचारी भर्ना गरेको थियो। 

महानगरले दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख तलब खुवाउँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .