ad ad

प्रविधि


राष्ट्रपतिद्वारा काठमाडौं विश्वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर उद्घाटन

राष्ट्रपतिद्वारा काठमाडौं विश्वविद्यालयमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर उद्घाटन

नेपालखबर
असोज २४, २०८० बुधबार १८:५५, काठमाडौँ

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा स्थापना भएको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी) भवन सञ्चालनमा आएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार भवनको उद्घाटन गरिएको छ।

कार्यक्रममा कोरियाली राजदूत पार्क तेइ योङ, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. भोला थापालगायत पदाधिकारीको उपस्थिति थियो।

कोइकाले यस भवनमा ग्रामीण र पृथक क्षेत्रका लागि उपयुक्त प्रविधिसहितको व्यावसायिक मोडेल विकास गर्न उच्चस्तरीय वैज्ञानिक उपकरणको व्यवस्था गरेको छ। 

कोरिया सरकारले कोइकामार्फत् काठमाडौं विश्वविद्यालयको अनुसन्धान र विकास क्षमता सुदृढीकरणमार्फत् नेपालको एकीकृत ग्रामीण विकास परियोजनाका लागि १ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता उपलब्ध गराएको छ। परियोजनाको उद्देश्य नेपालको अनुसन्धान र विकास क्षमतालाई सुदृढ पार्नु र प्राविधिक आविष्कारको माध्यमबाट ग्रामीण समुदायको जीवनस्तर सुधार गर्नु हो।

समारोहमा राष्ट्रपति पौडेलले यस सेन्टरलाई नेपालमा आविष्कार गर्नेहरुका लागि अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप र इन्क्युबेसनलाई सहजीकरण गर्न र नेपालको समग्र शिक्षामा योगदान पुर्याउन उत्कृष्ट मञ्चका रुपमा स्थापित हुने बताए। 

कोरियाली राजदूत पार्क तेइ योङले नवप्रवर्तन र रोजगारी सिर्जनामा यस्ता केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।

दक्षिण कोरिया सरकारले कोइकामार्फत् सन् १९९१ देखि शिक्षा, स्वास्थ्य, कृषि र सूचना प्रविधिको क्षेत्रमा सहायताका काम गर्दै आइरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .