ad ad

प्रविधि


ट्विटरको विकल्प बन्ने भन्दै भारतमा खुलेको कु बन्द

ट्विटरको विकल्प बन्ने भन्दै भारतमा खुलेको कु बन्द

नेपालखबर
असार २०, २०८१ बिहिबार १८:१०,

भारतबाट सञ्चालित माइक्रोब्लगिङ साइट कु बन्द भएको छ। एक्स (ट्विटर)को विकल्प बन्ने भन्दै खुलेको प्लाटफर्म बन्द भएपछि यसका लाखौँ प्रयोगकर्ता बिचल्लीमा परेका छन्।

लगानीको अभाव र यो प्रविधि चालु राख्न लाग्ने महँगो खर्चका कारण बन्द गरिएको सो कम्पनीका संस्थापकले जनाएका छन्।

कु २०२० मा खुलेको थियो। 

तर, २०२१ मा ट्विटर र भारत सरकारबीच किचलो चलिरहँदा कयौँ मन्त्रीहरुले कुमा खाता खोलेपछि यो प्लाटफर्म चर्चामा आएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले ट्विटरलाई फेक न्युज फैलाएको भन्दै खाताहरुको सूची दिएर तिनलाई बन्द गर्न भनेपछि सो किचलो सुरु भएको थियो। सूचीमा पत्रकार, समाचार संस्था र विपक्षी नेताहरुको खाता समेत थिए।

ट्विटरले पहिले ती खाता बन्द गरे पनि पछि तिनलाई फिर्ता गरेको थियो। 

त्यसपछि मन्त्रीहरुले कुमा खाता खोलेका थिए। कतिपयले ट्विटरलाई भारतमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए। 

२०२१ को अन्त्यसम्ममा सो एप २ करोड पटक डाउनलोड गरिएको थियो।

बुधबार संस्थापकहरु अप्रमेय राधाकृष्ण र मयंक विदवट्काले सेवा बन्द गरिएको जानकारी दिएका छन्। कयौँ कम्पनीहरुसँग लगानी जुटाउने प्रयासस्वरुप गरिएको वार्ता असफल भएको उनीहरुको भनाइ छ।

अप्रिल २०२३ मा कुले २६० कर्मचारीमध्येबाट ३० प्रतिशतलाई बर्खास्त गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .