ad ad

प्रविधि


बाइडेन प्रशासनले सामग्री हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप

बाइडेन प्रशासनले सामग्री हटाउन दबाब दिएको मार्क जुकरबर्गको  आरोप

मार्क जुकरबर्ग


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १३:३३, काठमाडौँ

फेसबुकको प्यारेन्ट कम्पनी मेटाका मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले आफूलाई कोभिडसँग सम्बन्धित पोस्ट सेन्सर (हटाउन) गर्न दबाब दिएको आरोप लगाएका छन्। 

जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै उक्त कुरा बताएका हुन्। 

उनले लेखेका छन्- २०२१ मा महिनौँसम्म ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई काेभिडसम्बन्धी सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए। यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि थिए। जब हामी यसमा सहमत भएनौँ, तब हाम्रा टिमप्रति निराशा व्यक्त गरियो।

उनले सामग्री हटाउने वा नहटाउने निर्णय गर्ने अधिकार आफूसँग भएको उल्लेख गरेका छन्। उनले भनेका छन्- हाम्रा निर्णयका लागि हामी आफैँ जिम्मेवार छौँ।

मार्क जुकरबर्गले पत्रमा अगाडि लेखेका छन्- सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई लागेको छ र हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ। मलाई लाग्छ- हामीले कुनै पनि प्रशासनको दबाबमा हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्न हुँदैनथ्यो। फेरि त्यस्तो केही भयो भने सम्झौता गर्न हुँदैन, हामी पछि हट्न तयार छौँ।

रिपब्लिकन पार्टीले के भन्यो?

रिपब्लिकन पार्टीको सदन न्यायपालिकाले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेको छ। यसमा मार्क जुकरबर्गको पत्र सेयर गरिएको छ।

पोस्टमा लेखिएको छ- मार्क जुकरबर्गले तीनवटा कुरा स्वीकार गरेका छन्। पहिलो- बाइडेन र ह्यारिस प्रशासनले अमेरिकीहरूलाई सेन्सर गर्न फेसबुकलाई दबाब दियो। दोस्रो- फेसबुकले अमेरिकीहरूलाई सेन्सर गर्‍यो। तेस्रो- फेसबुकले हन्टर बाइडेनको ल्यापटप कथालाई दबाइदियो। यो अभिव्यक्ति स्वतन्त्रताको ठूलो जित हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .