ad ad

प्रविधि


१४ विधामा आईसीटी अवार्डको अनलाइन आवेदन सुरु

१४ विधामा आईसीटी अवार्डको अनलाइन आवेदन सुरु

आईसीटी अवार्ड-२०२३ का विजेता


नेपालखबर
साउन २, २०८१ बुधबार १६:३८, काठमाडौँ

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डको नवौं संस्करणको लागि अनलाइन आवेदन आज (साउन १) देखि खुला भएको छ। 

लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्डमा यस वर्ष एक विधा थपेर १४ विधामा आवेदन खुलाएको हो। ‘सोसियल इन्नोभेसन आईसीटी अवार्ड २०२४’ यस वर्ष थप गरिएको विधा हो।  

प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल सेवाहरू र डिजिटल शिक्षालाई यस अवार्डले समेटेको छ। योगदानको आधारमा विभिन्न क्षेत्रका व्यक्तिलाई फरकफरक विधाअन्तर्गत छनोट गरिनेछ। गत दुई वर्षदेखि दक्षिण एसियाली मुलुकलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड पनि समावेश भएको छ। 

१५ निर्णायक सदस्य र १० सल्लाहकार रहने यस अवार्डको तयारीको लागि आयोजकले ६ महिनाको समय व्यतीत गर्दै आइरहेको संस्थाका अध्यक्ष राजन लम्सालले बताए। 

आयोजक संस्थाका अनुसार, यसपालि पनि सातै प्रदेशका स्टार्टअप र इन्नोभेसनलाई समेट्ने गरी स्टार्टअप फेस्ट आयोजना र प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिनेछ । 

अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप, इन्नोभेसन र प्रडक्टहरुलाई समावेश गरिएको छ। यस अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन आईसीटी अवार्ड विधाहरू रहेका छन्। यी विधामा स्वयं प्रतिस्पर्धीले आवेदन दर्ता गर्नुपर्नेछ। 

क्याटेगोरी बी अन्तर्गत आईसीटीमार्फत समाज र राष्ट्रको लागि गरेको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ। यस विधाअन्तर्गत प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा विधाहरू छन्। यी विधाहरूमा आफैँ वा अरु कसैले पनि मनोनयन दर्ता गर्न सक्छन्।

यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरूलाई हेरेर छनौट गरिन्छ। यसअन्तर्गत डिजिटल एजुकेसन पब्लिक सेक्टर, डिजिटल एजुकेसन प्राइभेट सेक्टर, डिजिटल गभर्नेन्स र डिजिटल सर्भिसेस विधाहरू छन्। 

अन्तर्राष्ट्रिय अवार्डको रूपमा साउथ एसिया स्टार्टअप अवार्ड पनि सञ्चालन भइरहेको छ। यसमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका स्टार्टअपहरूले आवदेन दिन सक्ने जनाइको छ।

दर्ता गर्ने अन्तिम मिति भदौ १५ सम्म छ । 

आईसीटी अवार्ड सन् २०१६ बाट सुरु गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .