ad ad

प्रविधि


सुनिता विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्ने

सुनिता विलियम्स र बुच विल्मोरले अन्तरिक्षबाटै मतदान गर्ने

नेपालखबर
भदौ २९, २०८१ शनिबार १८:२४, काठमाडौँ

सय दिनदेखि अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका साथी बुच विल्मोरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट पत्रकार सम्मेलन गरेका छन्।

नेपाली समयअनुसार पत्रकार सम्मेलन शुक्रबार मध्यराति गरिएको हो। यस क्रममा सुनिता र बुचले धेरै प्रश्नका जवाफ दिएका छन्। दुवैले अमेरिकी चुनावमा अन्तरिक्षबाटै मतदान गर्ने बताएका छन्।

भोटिङ सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा बुचले भने- आजबाटै भोटिङसँग सम्बन्धित निर्वाचन प्रक्रिया सुरु गरिएको छ। यो महत्त्वपूर्ण कर्तव्य हो। नासाले हामी कसरी भोट गर्न सक्छौँ भनेर काम गरिरहेको छ।

सुनिता विलियम्सले आफू अन्तरिक्षबाट भोट गर्न उत्साहित भएको बताइन्।

४०० किलोमिटर टाढा रहेको स्पेस सेन्टरबाट सुनिता र बुचले अमेरिकी चुनावमा मतदान गर्न हुलाक मतपत्रको व्यवस्था गर्न नासालाई अनुरोध गरिएको बताए।

सुनिता र बुचले अन्तरिक्ष स्टेसनका लागि गत जुन ५ मा उडान गरेका थिए भने  जुन ६ मा गन्तव्यमा पुगेका थिए।

उनीहरू जुन १३ मा फर्किने भनिएको थियो।

तर, नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा प्राविधिक गडबडी आएपछि उनीहरू फर्किन पाएनन्। यान भने रित्तै पृथ्वीमा फर्किसकेको छ। 

अब उनीहरू चाहिँ सन् २०२५ मा मात्रै पृथ्वीमा फर्किने सम्भावना छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .