काठमाडौँको तारकेश्वर नगरपालिका– ३ स्थित जितपुरफेदीमा रहेको तारकेश्वर विद्याकुञ्ज इंग्लिस स्कुलको छत खस्दा ३५ विद्यार्थी घाइते भएका छन्।
विद्यालयमा निबन्ध प्रतियोगिताको कार्यक्रम चलिरहँदा उक्त घटना भएको हो। विद्यार्थीहरु हलमा जम्मा भएको बेला लोड थाम्न नसकी खसेको थियो।
बुधबार दिउँसो २:२५ बजे स्कुलको छत खसेको महानगरीय प्रहरी वृत्त बालाजुले नेपालखबरलाई जानकारी दिएकाे छ।
घाइते विद्यार्थीलाई उपचारका लागि तत्कालै वसुन्धारामा रहेकाे ग्रिनसिटी अस्पतालमा लगिएको थियाे। हाल घाइते विद्यार्थीकाे अवस्था सामान्य रहेकाे छ।
हेर्नुहाेस् तस्बिरहरू:
प्रतिक्रिया