अवैध रूपमा नेपाल छिराइरहेको एक लाख भारतीय रूपैयाँसहित एक व्यक्तिलाई सशस्त्र सीमा बलको ४१औं बटालियनका जवानहरूले पक्राउ परेका छन्।
बरामद रूपैयाँमा सबै ५ सयको नोट छन्। उल्लेखनीय छ, नेपालमा भारु पाँच सय र एक हजार दरकाे नाेट प्रतिबन्धित छ। जानकारीका अनुसार आज नियमित तलाशीका क्रममा भारतीय नागरिक चन्दन दास (३०) लाई एक लाख रूपैयाँसहित पक्राउ गरिएको हो।
दासले उक्त रूपैयाँ नेपाल लगिरहेका थिए। केरकारका क्रममा उनले उक्त रकम नेपालबाट भारतमा अवैध रूपमा सुपारीको तस्करी गर्नका लागि लिएर गइरहेको कुरा स्विकारेका छन्, जुन पैसा उनले काँकरभिट्टामा गुड्डु नामको गोदाम मालिकलाई दिने र उसैको सुपारी भारत छिराउने उनको योजना थियो।
प्रतिक्रिया