समाज


कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

कर्मचारीमा संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द

सुदीप भण्डारी
माघ १०, २०७८ सोमबार १९:२८, काठमाडौँ

कर्मचारीमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

प्रशासनले सोमबार सूचना जारी गर्दै शान्ति सुरक्षा र विपद व्यवस्थापन जस्ता अत्यावश्यक बाहेक अरु सेवा बन्द गरिएको जनाएको हो।

कार्यालयमा सेवाग्राहीहरुको भिडभाड उच्च रहेको र कोभिड–१९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै  माघ ११ गतेदेखि अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगन भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

 प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको छ।  

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीले खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .