समाज


गाडिएको गर्भवतीको शव प्रहरीले निकाल्यो, श्रीमान् र ससुरा पक्राउ

गाडिएको गर्भवतीको शव प्रहरीले निकाल्यो, श्रीमान् र ससुरा पक्राउ

शव उत्खनन गर्दै प्रहरी।


सुदीप भण्डारी
माघ २२, २०७८ शनिबार ९:१३, बुटवल

कपिलवस्तुमा गर्भवती हत्या आरोपमा उनका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको यशोधरा गाउँपालिका ८ सिंहखोरकी २१ वर्षीया  रहिसुन्निसा मुसलमानलाई हत्या गरी गाडेको अवस्थामा प्रहरीले शुक्रबार फेला पारेको हो। उनी २ महिनाकी गर्भवती थिइन्। 

बिहीबार बेलुका रहिसुन्निसालाई झुण्ड्याएर मारेको र भोलिपल्ट शुक्रबार गाडेर सतगत गरिएको भन्दै स्थानीयले सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। 

यस क्रममा ती महिलाका श्रीमान् २२ वर्षीय मोहम्मद नसिम अलि भाट मुसलमान र उनका बुवा ५० वर्षका अब्बास अली भाटा मुसलमानलाई पक्राउ गरिएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए। 

उनका अनुसार शुक्रबार कपिलवस्तु जिल्ला अस्पतालका डा. जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधिवक्ता खडानन्द पोख्रेलसहित आफ्नो कमान्डमा प्रहरीको टोली पुगेर लास उत्खनन गरेको हो। 

‘पोस्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा फोरेन्सिक विज्ञ नभएकाले शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ’, उनले भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .