ad ad

समाज


सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १५:११, सर्लाही

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

पूर्व-पश्चिम राजमार्गमा पर्ने ईश्वरपुर १२ को बाँके जंगलमा प्रदेश नम्बर २-०३-००४ प. ७८८४ नम्बरको मोटरसाइकल र ज. ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दुर्घटनामा ७८८४ नम्बरको मोटरसाइकलका चालक बाराको कलैया उपमहानपा-१६ निवासी ४५ वर्षीय कन्हाई चौधरी र ८१० नम्बर मोटरसाइकल चालक महोत्तरीको बर्दिवास नगरपालिका ६ निवासी २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको हो।

दुर्घटनामा बाराको कलैया उमनपा-३, ब्रम्हपुरी निवासी ३२ वर्षीय अजय कुमार पटेल गम्भीर घाइते भएका छन्। 

त्यसैगरी बर्दिवास ६ का २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीय युवराज राइ पनि घाइते भएका छन्। 

त्यसैगरी सर्लाहीको धनकौल गाउँपालिका- ५ मा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बरहथवाबाट मधुबनी तर्फ जाँदै गरेको बीआर ३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकबाट तल खस्दा भारतीय नागरिक ४० वर्षीय मुकेश रायको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा सर्लाहीको बलरा नगरपालिका- ५ का ४५ वर्षीय संजय यादव गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .