ad ad

समाज


भौतिकमन्त्रीको निर्देशन : जसले सडक भत्कायो, उसैले १५ दिनमा मर्मत गरिसक्नू

भौतिकमन्त्रीको निर्देशन : जसले सडक भत्कायो, उसैले १५ दिनमा मर्मत गरिसक्नू

फाइल तस्बिर


रासस
पुस २८, २०७९ बिहिबार २२:१९, काठमाडौँ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ उपत्यकामा अवस्थामा रहेको सडक जुन निकायले बिगारेकोउसैले १५ दिनभित्र मर्मत गरिसक्न निर्देशन दिएका छन्। 

उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयमा बिहीबार नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार संस्थान, मेलम्ची खानेपानी विकास समितिलगायत सेवा प्रदायक संस्थाका प्रमुख र प्रतिनिधिसँगको बैठकमा तत्कालको समस्या समाधान गरेर भविष्यमा समस्या दोहोरिन नदिन भनेका हुन्। 

उनले कुनै पनि निकायले काम गर्दा सडक भत्किएमामा सडक विभागको गुणस्तर अनुसार आफैँले मर्मत गर्नुपर्ने बताए।

उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाको सडक राम्रो बनाउन र नागरिकलाई सजिलो बनाउन एकले अर्कोलाई दोष दिनुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए। 

सबै निकायले एकीकृतरुपमा योजना बनाएर पूर्ण गतिमा काम गर्न लाग्नुपर्ने उनले बताए। 'कहिले कुन कहिले कुन निकायले भत्काउँदा जनता निरासा भएका छन्, त्यसको समाधान गर्नेगरी लाग्नुपर्छ', उनले भने। 

उपत्यकाका सडकमा संरचना रहेका सबै निकायका प्रतिनिधिको बैठक महिनामा दुई पटक बस्न पनि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए।

प्रत्येक महिनाको दोस्रो शुक्रबार र अन्तिम शुक्रबार २ बजे बैठक बस्ने तय भएको छ। अब पहिलो बैठक सडक विभागमा बस्ने निर्णय भएको छ। 

उपत्यकाका सडकका खाल्डाखुल्डी स्थलगत अवलोकनका लागि सबै सरोकारवाला निकायका प्रतिनिधि शुक्रबार भैँसेपाटी जम्मा भएर विभिन्न स्थानमा पुग्ने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .