ad ad

समाज


पूर्वप्रधानसेनापति कटवालको स्वास्थ्य सुधार, आईसीयुबाट जनरल वार्डमा सारियो

पूर्वप्रधानसेनापति कटवालको स्वास्थ्य सुधार, आईसीयुबाट जनरल वार्डमा सारियो

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १८:४६, काठमाडौँ

१० दिनदेखि आईसीयुमा रहेका पूर्वप्रधानसेनापति रूक्माङ्गद कटवालको स्वास्थ्यमा सुधार देखिएको छ। 

सैनिक अस्पताल छाउनीमा भर्ना भएका कटवालको स्वास्थ्यमा सुधार आएसँगै आईसीयुबाट जनरलवार्डमा सारिएको छ। 

हाल कटवाललाई आईसीयुबाट भीआईपी वार्डमा राखेर उपचार भइरहेको सैनिक स्रोतले जानकारी दिएको छ।  

कटवाल गत माघ १७ गते अस्पताल भर्ना भएका थिए। 

दुवै मिर्गौला ‘फेल’ भएपछि पूर्वप्रधानसेनापति कटवालले नियमित डाइलाइसिस गराउँदै आएका छन्। 

हप्ताको दुई दिन डाइलासिस गराउँदै आएका उनको स्वास्थ्य थप जटिल बनेपछि माघ १७ गते आईसीयुमा राखिएको थियो। 

बिहीबार पूर्वप्रधानसेनापति कटवाललाई साधारण कक्षमा सारिएको हो। 

१० दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार देखिएको अस्पतालका चिकित्सकलाई उदृत गर्दै सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

कटवाल २०६३ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति बनेका थिए।

२०६६ वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गर्ने निर्णय गरेपछि उनी थप चर्चामा आएका थिए। 

तर परामधिपतिसमेत रहेका तत्कालीन राष्ट्रपति रामवरण यादवले कटवाललाई नै नियमित काम गर्ने पत्र दिएपछि प्रचण्डले राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .