समाज


वैशाख १९ को राशिफलमा यस्तो छ तपाईँको भाग्यशाली रङ र अङ्‌क

वैशाख १९ को राशिफलमा यस्तो छ तपाईँको भाग्यशाली रङ र अङ्‌क

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १९, २०८१ बुधबार ४:३६, काठमाडौँ

आज बुधबार, १९ वैशाख २०८१ (१ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : रोकिएका महत्त्वपूर्ण कामको थालनी हुन सक्छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। शैक्षिक र प्राविधिक क्षेत्रका काम सहजै सम्पन्न हुनेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा मनमा शान्ति मिल्ला। उत्तर दिशाको यात्रा फलदायी छैन।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ। समाजिक कार्यमा मन जाला। घरमा अतिथिको आगमन हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ। साँझमा सहकर्मीबाट विरोध आउन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६६, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ प्रसन्न हुनेछन्। छलकपटतिर नलाग्नु होला।

मिथुन : क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। खर्चको मात्रा वृद्धि हुन सक्छ अतः सचेत रहनु होला। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुन्छ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६८, व्यापारमा ४४, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६० र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

कर्कट : धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। रमाइलो र यादगार यात्रा हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदयी छैन। तसर्थ, भरिसक्के लामो यात्रा नगरेकै बेस।

सिंह : दिन भाग्यशाली भएर देखा पर्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग रहेको छ।

भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६९, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ५६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कन्या : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७२, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६० र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। कालो रङको प्रयोग नगर्ने।

तुला : क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क पनि ४९ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला।

वृश्चिक : सामूहिक तथा रमाइलो यात्रा हुनेछ। सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। मीठो मसिने भोजन लिने अवसर आए पनि स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६६, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ८० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु : जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ कालो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ७९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मकर : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। लक्ष्मी प्रसन्न हुने योग छ।

भाग्यशाली रङ कालो रहेको छ भने अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको दिन छ। निर्णायक क्षमतामा कमी आउनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खुल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३९, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।

मीन : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। पारिवारिक जमघटको वातावरण बन्ला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। निलो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .