समाज


रोकिएको सैनिक भर्ना प्रक्रिया सुरु

रोकिएको सैनिक भर्ना प्रक्रिया सुरु

नेपालखबर
फागुन ८, २०७९ सोमबार १७:८, काठमाडौँ

नेपाली सेनामा भर्ना प्रक्रिया सुरु भएको छ। नेपाली सेनाको आ.ब २०७९/८० को रिक्त पदपूर्ति गर्न सञ्चालन भएको भर्ना प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट परेपछि सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएको थियो। 

तर अदालतले अन्तिम सुनुवाइ गर्दै भर्ना प्रक्रिया अगाडि बढाउन बाटो खोलिदिएपछि लोकसेवासहित सबै सुरक्षा निकायमा भर्ना प्रक्रिया सुचारु भएको हो। 

गत भदौ २४ गते सैन्य पद तथा ३१ गते अधिकृत क्याडेटको भर्ना प्रक्रिया सुरु भएको थियो। सर्वोच्चले मंसिर १२ रोक्न आदेश दिएको थियो। माघ २४ गते सञ्चालन गर्न बाटो खोलिदिएपछि प्रक्रिया अघि बढेको हो। 

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य पदको लागि फागुन १० गते सम्पर्क गर्न मिति तोकेको छ।  

अधिकृत क्याडेट पदको परीक्षा फागुन १० गतेबाट सञ्चालन हुने भएको छ। सैन्य पदको परीक्षा सञ्चालनको मिति तोक्न बाँकी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .