समाज


ललितपुरको महांकालमा ४०० मिटर तल खस्यो बाइक, दम्पतीको मृत्यु

ललितपुरको महांकालमा ४०० मिटर तल खस्यो बाइक, दम्पतीको मृत्यु

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
चैत १४, २०७९ मंगलबार १६:८, ललितपुर

ललितपुर महांकाल गाउँपालिका १ बुखेल रातो पहिरोस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। 

मंगलबार बिहान १०:४५ बजेको बुखेलबाट गोटीखेलतर्फ जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको  मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो। 

दुर्घटनामा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई हाल ललितपुर महांकाल गाउँपालिका १ बुखेल बस्ने ३५ वर्षीय विष्णु प्रसाद फुयाल र पछाडि सवार उनको ३४ वर्षीय सृजना फुयालको घटनास्थलमै मृत्यु भएको हो। 

उनीहरुका ५ वर्षीया छोरी सृजला फुयाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि  पाटन अस्पताल ल्याइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .