‘वारिस पञ्जाब दे’का प्रमुख तथा खालिस्तान अभियानकर्ता अमृतपाल सिंहको खोजी १३औं दिन पनि जारी छ। अमृतपालको खोजीका लागि होशियारपुरमा खोजी अभियान चलिरहेको छ। यहाँ ड्रोनबाट उनको खोजी भइरहेको छ। उत्तराखण्डबाट आएपछि अमृतपाल जालंधरको कपुरथला सीमा नजिकको शिविरमा लुकेका थिए।
अमृतपालले बुधबार भिडिओ सन्देश सार्वजनिक गरेका छन्। जुन भिडिओ नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको क्षेत्रमा चैत २८ गते सुटिङ गरिएको दैनिक भास्करले उल्लेख गरेको छ।
दैनिक भास्करका अनुसार उक्त भिडियो देश बाहिरबाट प्रसारण गरिएको हो । प्रहरीले क्यानडा, बेलायत र दुबईका तीनवटा आईपी ठेगाना पत्ता लगाएको छ। यी देशका भिडिओ इन्टरनेटमा राखिएका थिए।
भिडिओमा अमृतपालले के भने?
बुधबार सार्वजनिक भिडिओमा अमृतपालले भनेका छन्– म पक्राउ पर्छु कि भनेर डराएकै छैन। १८ मार्चमा वाहेगुरुको कृपाले म बचेर भाग्न सफल भएँ। मेरो एउटा कपाल पनि बांगो पार्न सक्दैन।
अमृतपालले आत्मसमर्पण गर्ने अनुमान, ३ सर्त राखे
प्रहरी स्रोतका अनुसार अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन्। जसमा उनले आफूलाई कुटपिट हुन नहुने, पञ्जाब जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ नभनिनुपर्ने भनेका छन्।
Shares
प्रतिक्रिया