ad ad

समाज


हिजो हामफालेकी अल्काको खोजी गर्दा माघमा बेपत्ता विश्वबहादुरको शव सेतीमा भेटियो

सशस्त्रको गोताखोरले निकालेपछि पोस्टमार्टम गरिँदै
हिजो हामफालेकी अल्काको खोजी गर्दा माघमा बेपत्ता विश्वबहादुरको शव सेतीमा भेटियो

नेपालखबर
चैत २२, २०७९ बुधबार २२:४९, काठमाडौँ

गत माघ ९ गते सेती नदीमा हाम फालेर बेपत्ता भएका एक पुरूषको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले दुई महिना १३ दिनपछि निकालेको छ।

कास्कीको माछापुच्छ्रे  गाउँपालिका-६  घर भई पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङ्गको बुधबार सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो।                             
पोखरा महानगरपालिका-१६ दिपस्थित केआई सिंह पुलबाट उक्त महानगरपालिका-१९ लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङले मंगलबार सेतीमा हामफालेकी थिइन्।

उनैको खोजी गर्न सेतीमा पसेको गोताखोर टोलीले माघमा बेपत्ताको शव भेट्टाएको हो।


नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले अल्काको खाजी गर्ने क्रममा वसश्वबहादुरको शव फेला पारेको हो।

उता मंगलबार हामफालेकी अल्काको खोजी जारी छ। 

गुरुङको शव पोष्टमार्टमका लागि लागि पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
             

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .